परराष्ट्रमन्त्री खड्का भन्छन्- ‘सबैको सहमतिमा मात्रै एमसीसी परियोजना अघि बढ्छ’

लोकपथ
286
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा लामो समयदेखि विवाद र चर्चामा रहेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे प्रतिक्रिया जनाएका छन् ।

बुधबार (आज) संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समन्वय समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खड्काले सबैको सहमति र सहकार्यबाट मात्रै एमसीसी परियोजना अघि बढ्ने बताए ।

‘सबैको सहमति र सहकार्यबाट मात्रै एमसीसी परियोजना अघि बढ्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?