काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले कांग्रेस नेता प्रकाशमान सिंहसँग भेटघाट गरेका छन् ।
नेताद्वयबीच बुधबार बिहान सिंह निवास चाक्सिबारीमा भेटघाट भएको हो ।
भेटघाटका क्रममा सिंह र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको सिंहको सचिवालयले जनाएको छ ।
‘सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक अवस्था को विषयमा छलफल भएको छ।’ सचिवालयले भन्यो ।
२०७७ फागुन २१ गते भूमिगत राजनीतिबाट सार्वजनिक भएका विप्लवले राजीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया