सेयर बजारमा उत्साह फर्कियो, लगानीकर्तालाई राहत

लोकपथ
585
Shares

काठमाडौं । आज बुधबार भने सेयर बजारमा उत्साह देखिएको छ । केहि सातायता उत्साहविहिन भएको बजारमा आज भने हरियाली छाएको हो । भदौयता सेयर बजारले बुलिस ट्रेन्डलाई फलो सकेको अवस्था छैन । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत जारी गरेको सेयर धितो कर्जाको सीमाका कारण सुस्ताएको बजारले लामो समयसम्म गति लिन नसकेको हो । बजार घट्नुको पछाडी सेयर धितो कर्जाको सीमा मात्र नभएर अन्य विविध कारण छन् ।

बजारमा तरलताको अभाव, बैंक तथा वित्तीय संस्थाहरुले जारी गरेको ब्याजदर, लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्नु लगायतका कारण पनि बजारमा गिरावट आएको हो । लाभांशको सिजनमा पनि बजारले गति लिन नसक्दा लगानीकर्ताहरुमा एक किसिमको डर समेत पैदा भएको थियो । तर बजारमा हरियाली फर्किदा लगानीकर्तालाई केहि हौसला मिलेको छ ।

हिजो (मंगलबार) ४१.८४ अंकले बढेको सेयर बजारमा आज पनि हरियाली छाएको छ । आज फाइनान्स र लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । लघुवित समूहले धमाधम आकर्षण लाभांश घोषणा गरिरहेको छ ।

आज बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६८.४७ अंकले बढेर २६८१.१० बिन्दुमा पुगेको छ । आज नेप्से २.६२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १२.७२ अंकले बढेर ५०४.७३ बिन्दुमा पुगेको छ ।

आज कुल २२७ कम्पनीको जम्मा ८१ लाख ८९ हजार ८९० कित्ता सेयर खरिदबिक्री भएको छ । ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४२ रुपैयाँको मात्र कारोबार भएको छ ।

आज कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?