प्रदेश २ का मुख्यन्त्रीविरुद्ध आक्रामक बन्दै राष्ट्रिय एकता अभियान

लोकपथ
299
Shares

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध राष्ट्रिय एकता अभियान आक्रामक बन्दै गएको छ ।

अभियानले आज बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदेश २ का मुख्यमन्त्री राउतविरुद्ध ‘सुशासन जागरण कार्यक्रम’ घोषणा गर्दै विभिन्न आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।

अभियानले मुख्यमन्त्री राउत सहभागी कार्यक्रमहरुमा कालो झण्डा देखाएर विरोध जनाउने बताएको छ । त्यसैगरी विभिन्न संचार माध्यमहरुबाट उजागर भइरहेका बहुस्तरीय भ्रष्टाचारका विषयहरुमा समाजिक संजालमा शालिन विरोध गर्ने अभियानले जनाएको छ ।

त्यस्तै भ्रष्टाचारका प्रकरणसहित प्रदेश २ मा मदरसा विधेयक तथा बजेट दुरुपयोग लगायतका सवालमा अभियानले आयोजन गर्ने विरोध र्‍याली, विरोध सभा र अन्य कार्यक्रममा सहभागिता जनाउँदै सुशासनप्रतिको जनचाहना प्रकट गर्ने बताएको छ ।

अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ राष्ट्रिय एकता अभियान, आम नागरिकमा देशप्रेमी तथा संस्कृतिक राष्ट्रियता जागृत गराउँदै एउटा गौरवमय राष्ट्र निर्माण आम नेपालीको अभिभारा बनाउने लक्ष्य लिएर अगाडि बढेको सर्वविदितै छ । यसको साधनको रुपमा सुशासनको पक्षमा वकालत गर्दै, तीन तहका सरकारमध्ये कुनैद्वारा पनि राष्ट्रहित तथा जनहितका बर्खिलाफ कार्य भएको पाएमा यसले गम्भीरतासाथ प्रतिवादको शैली पनि अवलम्बन गर्दै आएको छ । यसै शिलशिलामा प्रदेश २ मा उजागर भइरहेका वहुस्तरीय भ्रष्टाचारका विषयहरुमा ध्यानाकर्षण गर्दै राष्ट्रिय एकता अभियान प्रदेश २ स्तरीय ‘सुशासन जागरण कार्यक्रम’ घोषणा गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?