२२ जेष्ठ २०८०, सोमवार

गोपाल खड्काको शान, छाती फुलाउंदै पुगे आयल निगम

२०७४,आश्विन,२४,मंगलवार ०१:२०

0
Shares

काठमाडौं, २४ असोज- आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले निर्धारित समयमै सातै प्रदेशमा इन्धनको भण्डारगृह निर्माण गर्ने बताएका छन्। सोमबार निगममा पद पुनर्बहाली गर्दै प्रबन्ध निर्देशक खड्काले नाकाबन्दीबाट पाठ सिकेर सरकारले दिएको निर्देशनअनुसार आवश्यक सबै प्रक्रिया पूरा गरी भण्डारगृह निर्माण गर्न लागेको जानकारी दिए। उनले जसले जे भने पनि आफूले राज्यको नीति नियमभित्र रहेर भण्डारगृह निर्माण गर्न जग्गा खरिद गरेको बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।‘जग्गा खरिदमा मैले राज्यको सम्पूर्ण नीति-नियम पालना गरेको छु’, उनले भने, ‘सबै नीति-नियम पालना गर्दागर्दै विभिन्न अवरोध सामना गर्नुपरे पनि म विचलित भएको छैन। बरु मलाई राष्ट्रिय आवश्यकता बनेको भण्डारगृह निर्माणमा झन् हौसला मिलेको छ। म निर्धारित समयमा यसलाई मूर्तरूप दिन्छु। मेरो अबको लक्ष्य पनि यही योजना बनेको छ।’खड्काले भण्डारगृह निर्माणका लागि विभिन्न स्थानमा खरिद भएको जग्गा खरिद प्रक्रियामा आफ्ना तर्फबाट कुनै पनि बदनियत र बदमासी नभएको दाबी गरे।उनले आफ्नो कार्यकाल डेढ वर्ष मात्रै भए पनि भण्डारगृह हरहालतमा निर्माण गरिछाड्ने प्रतिबद्धता जनाए। उनले आफू जग्गा खरिदसम्बन्धी विभिन्न निकायको छानबिन समितिलाई पूर्ण सहयोग गरे पनि प्रमाण नष्ट गर्नसक्ने भन्दै सरकारले आफूलाई बर्खास्त गर्नु निकै अप्रिय भएको बताए।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०१:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१