सत्ता गठबन्धनका दलहरु मन्त्रीको नाम छनोट गर्नमा व्यस्त

लोकपथ
119
Shares
file photo

काठमाडौं । मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला सत्ता गठबन्धनका दलहरु मन्त्रीको नाम छनोट गर्नमा व्यस्त भएका छन् ।

मंगलबार बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भएपछि सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी मन्त्री छनोटमा व्यस्त भएका हुन् ।

मंगलबारको बैठक बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्य मन्त्री, नेकपा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री तथा जसपाले चार मन्त्री पाउने सहमति भएको थियो ।

मन्त्रीको नाम टुंग्याउन आज दिउँसो १ बजे नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ । माओवादी केन्द्रले यसअघि नै मन्त्री छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो ।

त्यसैगरी, जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिले पनि मन्त्रीको नाम छनोट केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजे बैठक बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?