मध्य भोटेकोशीको आईपीओ आजबाट बिक्री खुला, कति दिने आवेदन ?

लोकपथ
2.2k
Shares

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज (बुधबार) बाट दोस्रो चरणमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन पेश गर्न सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका आवेदन पेश गर्न सक्नेछन्। पछिल्लो समय आईपीओमा पर्ने आवेदनलाई हेर्ने हो भने १० कित्ताका दरले आवेदन दिन उपयुक्त हुन्छ ।

उक्त आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । सो उक्त अवधिसम्ममा मागबमोजिम आवेदन नपरेमा ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । पछिल्लो समय आईपीओ एकैदिन माभ गरिएभन्दा बढी आवेदन पर्ने गरेको छ । यसअर्थ असोज २५ गते बैकिङ समयभित्र आवेदन दिइसक्नुपर्छ ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

मध्य भोटेकोशीको आईपीओ निष्कासनकर्तामा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?