भाजपाको निमन्त्रणामा प्रकाशशरण महतसहितका कांग्रेस नेताहरू भारत जाँदै

लोकपथ
315
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसहित नेताहरू भारत जाने भएका छन् ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा नेता महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया बिहीबार दिल्ली जाने भएका हुन् ।

नेताहरु चारदिन दिल्लीमा रहने र त्यसबिचमा दुई देश-देश र पार्टी-पार्टी बिचको सम्बन्ध प्रगाढ बनाउने सम्बन्धमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?