डिशहोम फाईवरनेटको ‘दिमाग हल्लिने अफर’

लोकपथ
169
Shares

विगत ११ वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय ईन्टरनेट सेवा लाई देशभर विस्तार गरिरहेको छ । ईन्टरनेट वितरणको सुरुवाती चरणमानै गुणस्तरीय र उत्कृष्ट सेवा मार्फत उल्लेख्य ग्राहकहरुको रोजाईमा पर्न सफल भएको डिशहोम फाईबरनेटले अव ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मुल्यमा प्रदान गर्ने भएको छ । ग्राहकहरुले मासिक मात्र रु ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन्।

२०७८ असोज ११ गते देखि संचालन भईरहेको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तरगत डिशहोम फाईबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने डिशहोम फाईबरनेटले जनाएको छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?