काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमती भएको औंपचारिक जानकारी गराए । सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेता समेत रहनु भएका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ ।
नेता यादवले भने, ‘आज बिहान सत्तारुढ दलको बैठकले बालुवाटारमा जुन मन्त्रालयको भागबण्डा गरेको छ । त्यसको बारेमा अध्यक्षले बैठकलाई जानकारी गराउनु भयो । हाम्रो भागमा चार वटा मन्त्रालय आएको कुरा जानकारी गराइयो । त्यो चार वटा मन्त्रालय भनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय हो । मन्त्रालय जम्मा ४ वटा छ । सबैलाई मन्त्री बनाउन त सकिदैन । त्यसैले अव तपाईहरुले आफ्नो आफ्नो कुरा राख्नुस् । कसरी लादा राम्रो हुन्छ ? भन्ने कुरा भयो । पार्टीले पनि अव मन्त्रालयको कुरा यसरी बैठक बसेर टुंगिने विषय होईन भनेको छ । तपाईले पार्टीको हितमा सबै प्रकारणको क्षत्रीयता, जातीयता, लिंगिकता, मूल्यांकन र क्षमताको आधारमा निर्णय गर्नुहोस् । त्यो निर्णय हामी स्विकार गछौं भनेर पार्टी अध्यक्षलाई त्यसको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरिएको छ ।’
जनता समाजवादी पार्टी, नेपालका २१ जना सांसदहरु रहेका छन् । सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएको हो । अब दलहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रीपरिषदले पूर्णता पाउनेछ ।
गठबन्धनका दलहरुले मन्त्रालय र मन्त्रीहरुको नाम नटुंग्याउको कारण हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन । आज बसेको सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । सो बैठकमा मन्त्रालयलाई पूर्णता दिनेबारे छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया