काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ६८ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । देशभर कुल १६ हजार ४२ जनाको कोरोना परीक्षण गर्दा सो परिणाममा संक्रमितहरु थपिएका हुन् ।
जसमा पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९१ हजार २ सय २४ पुगेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७१ हजार ३ सय ३८ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार १ सय ८० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो।
मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा १६ हजार २ सय ४८ सक्रिय कोरोना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया