काठमाडौं । शुक्रबारदेखि अल नेपाल रिलीज भएको चलचित्र ‘ह्याप्पी डेज’को काठमाडौं स्थित कुमारी हलमा प्रेस शोको आयोजना गरियो । मिडियाकर्मी र सिनेमाकर्मीको बाक्लो उपस्थितीमा सिनेमाको विषेश शोको आयोजना गरिएको हो ।

प्रेस शो हेरेर हलबाट निस्कदैँ गर्दा सिनेमाकर्मी, मिडियाकर्मी र दर्शकले मिश्रीत प्रतिक्रिया दिए । कतीले ‘ह्याप्पी डेज’लाई राम्रो भने त कतीले औसत बोले । प्रेस शोमा नायिका प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, निर्देशक मिलन चाम्स, लेखक प्रदिप भारद्धाज, निर्माता सुदिप खड्का, वितरक गोविन्द शाही लगायतका सिनेमाकर्मीले दर्शक तथा पत्रकारसँग बसेर ‘ह्याप्पी डेज’ हेरेका थिए ।

निर्देशक मिलन चाम्सले दर्शकबाट पाएको प्रतिक्रियाबाट आफु सन्तुष्ट रहेको बताए । हामिले सिनेमा एकदमै दुख गरेर निर्माण गरेकोले पनि राम्रो बनाएको प्रतिक्र्रिया दिँदै दिर्नेशक चाम्सले आउँदा दिनमा दर्शक बढ्ने विश्वास व्यक्त गरे ।
यता सिनेमाकी मुख्य नायिका प्रियंका कार्कीले आफुले गरेको मेहनत अनुसारको बनेकोले पनि व्यावसायिक रुपमा सफल हुने अपेक्षा राखिन् । लण्डनको चिसोमा छायाँकन गर्दा भएको दुखलाई दर्शकबाट पाएको प्रतिक्रियाले त्यो सबै दुख बिर्सिएको भन्दै एक पटक सम्पूर्ण दर्शकलाई ‘ह्याप्पी डेज’ हेर्न आग्रह गरिन् ।
‘ह्याप्पी डेज’का नायक संजय गुप्ताले यो मेरो दोस्रो सिनेमा भएकोले पनि आफ्ना लागी यो विषेश भएको बताए । आफुले पहिलो सिनेमामा भन्दा बढी मेहनत यसमा गरेको भन्दै सिनेमा सफल हुने र दर्शकले मन पराउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया