किशोर अधिकारि
धादिङ । धादिङको गजुरी गाउपालिका अन्तर्गत वडा न. ७ र ८ साबिकको किरान्चोकमा बिहिबार बेलुकी हावाहुरी सहित परेको असिना पानिले किसानले लगायका धान मकै तरकारी फलफुल लगायतका बालीनालीहरु नष्ट गरेको छ।
अत्याधिक वर्षाका कारण ७ नम्बर वडा को पात्ले, सिम्टारि, डाडागाउ लगायत का क्षेत्र मा रहेको ७० रोपनी खेतबारी बगरमा परिणत भएको छ भने सिंचाइका कुलो तथा नहरहरु र ग्रामिण सडक खण्ड अस्तव्यस्त भएको छ।
भर्खरै लगाएको धान, मकै र तरकारी बालिहरु असिना पानि साथै आएको बाढीले क्षति पुर्याए पछी स्थानीय किसानहरु चिन्तित बनेका छन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया