काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका हुन् ।
किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
उनलाई नेपालका प्रधानमन्त्रीसहित विश्वका विभिन्न देशका समकक्षी एवं राष्ट्रप्रमुखहरुले बधाई तथा शुभकामना दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया