भारतमा घट्दै कोरोना संक्रमित, कस्तो छ पछिल्लो अवस्था ?

लोकपथ
175
Shares

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना संक्रमित भएका छन् । संक्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको संख्या दुई लाख ५२ हजार ९०२ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको यो संख्या २०१ दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक संक्रमित र सक्रिय संक्रमितको संख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

दैनिक संक्रमितको संख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या कम हुँदै गएको हो । सोमबार दिनभरमा १८ हजार ३४६ संक्रमित हुँदा २९ हजार ६३९ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल संक्रमणमुक्त भएकाको संख्या तीन करोड ३१ लाख ५० हजार ८८६ रहेको अधिकारीले जनाएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना सुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ५३ लाख जना कोरोना परीक्षण गरिएको छ ।

भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म करिब ९१ करोड डोज खोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?