काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।
मंगलबार (आज) बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
बिहान ११ बजेबाट १२ बजेसम्म बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारकै बारेमा कुराकानी भएको थियो । तर यद्यपी आज पनि मन्त्रिपरिषद् विस्तार नहुने संकेत देखिएको स्रोतको दाबी रहेको छ ।
असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएपनि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्ने आरोप आइरहेको छ । हाल देउवाको मन्त्रिमण्डलमा ५ जना मन्त्री र एक राज्यमन्त्री रहेका छन् । यसअघि बसेको बैठकहरुमा पनि मन्त्रीहरुको नाम समेत टुंग्याएको थियो । यद्यपी मन्त्रिपरिषद्ले पूर्णता भने पाउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया