‘भैरे’ पोस्टर रिलीज, कस्तो देखियो दया र सुरक्षाको जोडी

काठमाण्डौं । निर्देशक ऐभरेष्ट सुर्य बोहराको निर्देशनमा तयार भएको सिनेमा 'भैरै' पोस्टर रिलीज गरिएको छ । जेठ १८ गते देखि अल नेपाल रिलीज हुने सिनेमाको सार्वजनिक दुई पोस्टरमा मुख्य कलाकार दयाहाङ राई, सुरक्षा पन्त, विक्रान्त वस्नेत, वर्षा सिवाकोटी, बुद्धि तामाङ र बालकलाकार अनुभव रेग्मीलाई फिचर्ड गरिएकोछ । 

साढे दुई करोड बजेटमा निर्माण भएको सिनेमालाई नेपालय सिनेमा इन्टरनेश्नलको व्यानरमा प्रेमप्रसाद पौडे्ल र देविमाया अधिकारीले मिलेर निर्माण गरेका हुन । भने 'भैरे'का कार्यकारी निर्माता लेखबहादुर पुन हुन । यस्तै करुणाकर घिमिरे, कुमार वस्नेत, सविता गुरुङ र यम बराल सह निर्माता हुन । फिल्मको केही दिनमा नै ट्रेलर सार्वजनिक हुँदैछ । 

यसअघि सार्वजनिक सिनेमाका दुई गीत 'सान्नानीलाई भेट्न आउँदा' र 'सनम माया ला'कोले दर्शकबाट सकरात्मक प्रतिक्रिया पाईरहेका छन । सिनेमामाविक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको सिनेमामा, बनिश शाहको सम्पादन, बसन्त सापकोटा, यम बराल र अर्जुन पोखरेलको संगीत, सुर्य थोकरको दन्द्ध सिनेमामा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?