अल्मुताइरीको त्यो ‘सेलिब्रेसन’ (भिडियोसहित)

लोकपथ
3k
Shares

काठमाडौं । अहिले एउटा भिडियो सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको खेलमा नेपालका लागि खेलको ३३ औँ मिनेटमा सुमन लामाले गोल गरेपछि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले निकै मजाले गोलको सेलिब्रेट गरे ।

गोलपछि उनी निकै नै रमाएका थिए । उनको उक्त सेलिब्रेसनको भिडियो लाखौँ नेपालीहरुले मन पराएका छन् र उक्त भिडियो निकै चर्चामा रहेको छ ।

‘तीन अंक जोड्न सफल भएको म निकै खुशी छु । म अंक चाहन्छु । प्रतियोगितामा प्रदर्शन मतलब हुँदैन । हामी अंकलाई मतलब गर्छौं’, श्रीलंकाविरुद्धको खेलपछिको पत्रकार सम्मेलनमा अल्मुताइरीले भनेका छन् ।

श्रीलंकालाई नेपालले ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

साफ च्याम्पियनसिप २०२१ सुरु अघि प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिप जिताउनु नै उनको उद्देश्य रहेको बताएका थिए । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म पुगेको छैन ।

यो पनि पढ्नुहोस् : १३ गोलको कीर्तिमान तोड्ने लक्ष्य छ : अन्जन विष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?