एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक, नेताहरुको कार्यविभाजनबारे छलफल हुने

लोकपथ
104
Shares

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी कमिटी बैठक आह्वान गरेको छ । नेताहरुको कार्यविभाजन गर्नका लागि समाजवादीले असोज २१ गतेका लागि स्थायी कमिटीको बैठक बोलाएको हो ।

पार्टीका महासचिव डा. बेदुराम भुसालका अनुसार पार्टीको स्थायी कमिटी बैठक असोज २१ गते बिहीबार ११ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजनको मुख्य एजेण्डा रहेको छ । केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकेको छैन । स्वास्थ्य लाभ गरी अध्यक्ष नेपाल सोमबार घर फर्केलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?