मेरोमाइक्रोफाइनान्स लघुवित्तद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव, बोनस कति ?

लोकपथ
104
Shares

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक २०७७/७८ का लागि लाभांश घोषणा गरेको हो ।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन् ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?