रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

लोकपथ
130
Shares

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार ५ प्रतिशत नगद र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?