जुकरबर्गले गुमाए ६ घण्टामा ६ अर्ब डलर

लोकपथ
494
Shares

लगभग छ घण्टाभन्दा बढी समयसम्मको अवरुद्दतापछि प्रयोगकर्ताहरु माझ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप अनलाइन फर्किएको छ।सोमबार राति करिब सवा ९ बजेपछि फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी अवरुद्ध भएको थियो । नेपाल सहित विभिन्न देशमा फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा पूर्णतः बन्द भएको थियो ।

तर फेसबुकसहितका अन्य साइट तथा एप बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका छन्।

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता  फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।

सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन्। यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई उछिनेका छन्।

सेप्टेम्बर १३ मा वाल स्ट्रिट जर्नलको रिपोर्टमा फेसबुकको प्रणालीमा समस्या रहेको तथ्यहरु प्रकाशित भएको थियो। सोमबार फेसबुकमा समस्या नै देखिएपछि भने यो विषयले अमेरिकी सरकारी अधिकारीको ध्यान तानेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?