आईपीएल : दिल्ली विजयी हुँदा चेन्नई सुपर किङ्स ३ विकेटले पराजित

लोकपथ
567
Shares

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ ।सोमबार राति दुबईमा भएको खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्यलाई दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो । दिल्लीको जितमा शिखर धवनले ३९ रन जोड्दा शिम्रन हिटमायरले अविजित २८ रन बनाए ।

पृथ्वी श र रिपल पटेलले समान १८-१८ रन जोडे । चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २र२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । चेन्नईका अम्बाती रायडुले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । रोबिन उथप्पाले १९ तथा महेन्द्र सिंह धोनीले १८ रन बनाए ।

दिल्लीका अक्षर पटेलले २ विकेट लिए ।

जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले १३ खेलमा २० अंक जोडेको छ । चेन्नई १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?