साफ च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा

लोकपथ
4.3k
Shares

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।

ह्यामिल्टनले खेलको ५७ औं मिनेटमा गोल गर्दै श्रीलंकालाई २-१ को स्थितिमा ल्याए ।


खेलको ८६ औं मिनेटमा युसले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए । उनको यो नेपालका लागि पहिलो गोल हो ।त्यसपछि खेलको इन्जुरी समयमा डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३-२ को जित हात पार्यो ।

यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । अब नेपालले तेस्रो खेलमा भारतसँग आइतबार खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?