अन्तरिक्षबाट खस्‍यो नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट-१’

लोकपथ
16.9k
Shares

नेपालको पहिलो स्याटेलाइट (नेपाली स्याट–१) खसेको छ। अन्तरिक्षमा दुई वर्ष तीन महिना पूरा गरेर नेपाल स्याट १ सोमबार खसेको हो।

नेपाली स्याट-१ अन्तरिक्षबाट पृथ्वीको अर्बिटमा सोमबार अपरान्ह ४ बजेर २६ मिनेटमा प्रवेश गरेको नेपाली स्याट मिसनका प्रमुख आभास मास्केले जानकारी दिए । नेपाली स्याटसँगै अन्तरिक्षमा छाडिएको श्रीलंकाको राभाना-१ खसेको थियो ।

मिसनभन्दा २१ महिनाबढी अन्तरिक्षमा रहेकाे नेपाली स्याटेलाइटले अन्तरिक्षमा रहँदा १३ हजार ४५६ फन्को लगाएको स्याटेलाइट निर्माणकर्ता हरिराम श्रेष्ठले जानकारी दिए । उनले यसका सबै मिसन पूरा भएकाे बताए ।

२०७६ असार २ गते नेपाली स्याट १ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीको अर्बिटमा छाडिएको थियो। नेपाल स्याटसँगै श्रीलंकाको राभाना–१ र जापानको इगिसु स्याटलाइट पनि पठाइएको थियो।

बर्डस-३ मिसन अन्तर्गत तीन वटै स्याटलाइट जापानको क्युटेक विश्वविद्यालयमा निर्माण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?