फेसबुकसहित ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जर सबै एकसाथ डाउन

लोकपथ
3.1k
Shares

फेसबुकसहित कम्पनीका सबै एपको सेवा डाउन भएको छ । सोमबार राति सवा ९ बजेपछि फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासि अवरुद्ध भएको हो ।

नेपालसहित विभिन्न देशमा फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा पूर्णतः बन्द भएको छ । डाउन डिटेक्टरमा गरिएको रिपोर्टअनुसार नेपाल सहित एसिया, अमेरिका, युरोपलगायतका विभिन्न देशमा कम्पनीको सेवा अवरुद्ध भएको हो ।

डाउन डिटेक्टरमा ठूलो संख्यामा प्रयोगकर्ताले फेसबुक डाउन भएको रिपोर्ट गरेका छन् । फेसबुकको सेवा अवरुद्ध भएको केही मिनेटमै हजारौँले त्यसको रिपोर्ट डाउन डिटेक्टरमा गरेका हुन् ।

फेसबुक र ह्वाट्सएपले ट्विटरमा यसबारे गरेको अपडेट :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?