नेपाली कांग्रेस गोरखाको सभापतिमा न्यौपाने निर्वाचित

लोकपथ
611
Shares

काठमाडौं । नेपाली कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्द प्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको जिल्ला निर्वाचनमा अन्य पदमा आकांक्षी धेरै देखिएका थिए । तर जिल्ला सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी सर्वसम्वत निर्वाचित भएको एक नेताले जानकारी दिए ।

सभापतिमा निर्वाचित न्यौपानेको प्रस्तावकमा गोरखा नगरपालिकाका मेयर समेत रहेका नेता राजन राज पन्त र समर्थकमा राजेन्द्र बजगाईं रहेका थिए।

कांग्रेस केन्द्रीय सदस्य गगन थापा निकट नेताका रुपमा परिचित न्यौपाने नेपाल विद्यार्थी संघको जिल्ला सभापति हुँदै काँग्रेसको जिल्ला कार्य समितिको सचिव भएका थिए । ४३ वर्षिय न्यौपाने प्रखर युवा नेताका रुपमा कांग्रेस भित्र चिनिन्छन् ।
न्यौपानेले आइतबार भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा क्षेत्र नम्बर १ बाट सबैभन्दा धेरै मत ल्याएर विजयी भएका थिए।

त्यस्तै गोरखामा अन्य पदका लागि भने निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?