मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु दुखद र लज्जास्पद : नेता केसी

लोकपथ
286
Shares

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु दुखद मात्र नभई लज्जास्पद भएको बताएका छन्।

कार्यकर्ता भेलालाई सम्बोधन गर्न आईतबार डडेल्धुरा पुगेका नेता केसीले सोमबार नेपाल प्रेस युनीयन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले ८३ दिनसम्म पनि मन्त्री परिषद् गठन गर्नु नसक्नु लज्जास्पद भएको बताए।

अहिले देशमा कांग्रेसकै सरकार भएपनि मन्त्री परिषद् गठन आफूहरुको कारण नभई गठबन्धनको कारणले ढिलो भएको उनले प्रष्ट पारे । सरकारको अगाडी चुनौतीको महासागर मात्र नभई अवसरको पहाड समेत भएकोले सरकारले १०० दिन पुरा नगरी कुनै मुल्याङ्कन नहुने समेत उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमै सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाको आफ्नै सत्ती सन्तुलन रहने हुँदा सबै निकायको आफ्नै गरिमा रहेको बताए ।

सरकारले कुनै पनि हालतमा न्यायपालिकामाथि हस्तक्षेप तथा प्रलोभन देखाउन नहुने
नेता केसीको जोड रहेको छ । नेकपा एमालेले सरकारको विरोध गर्नु पुरानो एकदलिय चिन्तन भएको समेत उनले आरोप लगाए ।

यस्तै कांग्रेस नेता डा. शेखर कोइरालाले नेतृत्वले बाटो बिराएमा कार्यकर्ताले गल्ती औल्याउनुपर्ने बताए । जननायक विपी कोईरालाले सोहि कुरा सिकाएकाले काँग्रेसका नेता तथा कार्यकर्ताहरुले नेतृत्वलाई खबरदारी गर्नु स्वभाविक रहेको उनको भनाइ रहेको छ ।

डडेल्धुराका कांग्रेसका नेता तथा कार्यकर्ताहरुले न्याय नपाएसम्म आफुहरुले केन्द्रदेखि जिल्लासम्म निरन्तर संघर्ष गर्ने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?