निधि, कोइराला र सिंहबीच भेटघाट

लोकपथ
156
Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिएसँगै नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।

यसै क्रममा सोमबार (आज) नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच भेटघाट भएको छ ।

निधि निवास नयाँ बानेश्वरमा भएको भेटघाटका क्रममा आगामी महाधिवेशनका विषयमा छलफल भएको बताइएको छ ।

यसअघि पनि नेतात्रयबीच पटकपटक छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?