२७ श्रावण २०७९, शुक्रवार

राउन्ड टेबल इन्टरनेसनलमा नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित

२०७८,आश्विन,१८,सोमवार १७:०१

45
Shares

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड टेबल इन्टरनेसनलको आफ्नो उपाध्यक्षको कार्यकाल समाप्त भएपछि आफ्नो नयाँ कार्यकाल राउन्ड टेबल इन्टरनेसनलका अध्यक्षका रुपमा सुरु गर्ने छन् ।

राउन्ड टेबल इन्टरनेसनललाइ राउन्ड टेबल नेपालले लिड गर्न लागेको यो पहिलो पटक हो । राउन्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो ।

राउन्ड टेबल नेपाल, नेपालको गैरनाफामूलक संस्था हो जसले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ ।

राउन्ड टेबल इन्टरनेसनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन् । ४० वर्ष उमेरपछि अनिवार्य अवकाश लिनुपर्ने नियम रहेको यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।

१८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना “फ्रिडम थ्रू एजुकेसन” सञ्चालन गरिरहेको छ । संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकताअनुसार शिक्षा सामग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।

राउन्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ । शिक्षा क्षेत्रसंगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ ।

खोलिएका विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चार देखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने ह्यालेसिनिया नामक रोगका बिरामीहरुलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ ।

त्यसैगरी कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइन अन्र्तगत बिरामीहरुलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बरावरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति: २०७८,आश्विन,१८,सोमवार १७:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘१९ औं डाबर बाटिका तीज फेष्टिबल अन्तर्गत सृजनशील महिला उद्यमी मेला–२०७९’ आज (शुक्रवार)बाट सूरु भएको छ । काठमाडौंको

काठमाडौं । संस्कृतज्ञहरुले श्रावण शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसकोरुपमा औपचारिक घोषणा गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार संस्कृत

भैरहवा । दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज

कैलाली । बेमौसमी वर्षाले धान बालीमा क्षति व्यहोरेर पीडित भएका कैलालीको गोदावरी नगरपालिका–८ का किसान मनिराम चौधरी अहिले राहत रकम

ताजा समाचार

महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
 २०७९,श्रावण,२७,शुक्रवार २०:३९
बन्द प्रशिक्षणबाट बाहिरिए पन्ध्र खेलाडी
 २०७९,श्रावण,२७,शुक्रवार २०:०८