सेयर बजारले अझै गति लिन सकेन, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

लोकपथ
143
Shares

काठमाडौं । साताको दोस्रो दिन आज पनि नेपाली सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । पछिल्लो भदौयता गिरावट दिनहुँजसो घटिरहेको बजारमा आज पनि गिरावट आएको छ । सेयर बजारमा दिनहुँ गिरावट आउन थालेपछि लगानीकर्ताहरुमा एक किसिमको त्रास उत्पन्न भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत जारी गरेको सेयर धितोकर्जाको सीमाको कारण तरंगित बनेको सेयर बजार एक महिना बितिसक्दा पनि तंग्रिन सकेको छैन । अहिले लाभांशको सिजन भएता पनि सेयर बजारले गति लिन नसक्दा लगानीकर्ताहरु आत्तिन्न थालेका छन्। सेयर बजारलाई स्थिर राख्न लगानीकर्ताको मनोबलले पनि ठूलो प्रभाव पार्दछ । लगानीकर्ताहरु नै अतालिँदा सेयर बजारले गति लिन सकिराखेको छैन । अहिले विभिन्न कम्पनीहरुले धमाधम प्रतिफल घोषणा गरिरहेका छन् । तैपनि बजारले गति लिन सकेको छैन ।

चाडपर्वहरु नाजिएकोले पनि सेयर बजारले गति लिन नसकेको विश्लेषकहरु बताउँछन् । बजार घट्नुमा राष्ट्र बैंकले लगाएको सीमा, व्याजदर, तरलता लगायत विविध कारणहरु रहेको जानकारहरु बताउँछन् । लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा रहेका छन् । पछिल्लो समय लगानीकर्ताहरु होल्डमा रहन थालेका छन् । सेयर पनि कम मात्रामा खरिदबिक्री हुन थालेको छ । जसका कारण कारोबार रमकमा समेत भारी गिरावट आएको छ ।

आज सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ बिन्दुमा पुगेको छ । आज नेप्से ०.२६ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.२८ अंकले घटेर ४८४.९८ बिन्दुमा पुगेको छ ।

आज कुल २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँको कारोबार भएको छ ।

आज कुल १३ उपसमूहमध्ये ४ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने बाँकि ९ वटा समूहको सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?