प्रचण्ड भन्छन्- ‘सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार हुन्छ’

लोकपथ
273
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार हुनसक्ने दाबी गरेका छन् ।

सोमबार (आज) पेरिसडाँडामा आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।

उनका अनुसार सकभर आजै मन्त्रिपरिषद् विस्तार हुने गठबन्धनको तयारी रहेको छ । तर मन्त्रिपरिषद् विस्तार हुन नसकेमा पनि मन्त्रालयको भागबन्डा भने टुंगिने बताइएको छ ।

‘सकेसम्म आजै क्याबिनेट विस्तार गरेर शपथग्रहण गराउने तयारी भइरहेको छ । नभए पनि मिल्न बाँकी विषय टुंग्याउने भन्नेछ’, प्रचण्डले भने ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले लामो तीन महिना बित्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । देउवाको मन्त्रिपरिषद्मा एक राज्यमन्त्रीसहित अन्य ५ मन्त्रीहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?