भक्तपुर- देशभर वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२ र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने बताए ।
देशभरका तीन हजार ९१२ विद्यालयका कक्षा १२ र ११ मा गरी कूल नौ लाख ६६ हजार २१० परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । जसअन्तर्गत कक्षा १२ मा दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चार लाख १५ हजार २५२ परीक्षार्थी एवं कक्षा ११ तर्फ दुई लाख ६३ हजार १६८ छात्र र दुई लाख ८७ हजार ७९१ छात्रा गरि कूल पाँच लाख ५० हजार ९५८ परीक्षार्थी सहभागी हुनेछन् ।
सबैभन्दा बढी परीक्षार्थी काठमाडौँबाट कक्षा ११ मा ७४ हजार १२७ र कक्षा १२ मा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा कक्षा ११ र १२ मा ८८÷८८ जना परीक्षार्थी सहभागी हुनेछन् ।
परीक्षामा एक हजार ५१ केन्द्राध्यक्ष, एक हजार ८८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८६३ निरीक्षक, एक हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, दुई हजार १२० कार्यालय सहयोगी, १२ हजार ७२० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७०२ जनशक्ति परिचालन गरिनेछ । कक्षा १२ को परीक्षा आगामी २७ गतेसम्म र कक्षा ११ को परीक्षा वैशाख ३० गते शुरु भई जेठ २९ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया