सरकारसँग कोटा मागेको कुरा झुटो हो : प्रधानन्यायाधीश

लोकपथ
70
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारसँग आफूले कुनै भाग नमागेको बताएका छन् । सोमबार सर्वोच्च बारका पदाधिकारीहरूसँगको छलफलमा आफूले सरकारसँग कुनै कुरा पनि नगरेको र बाहिर आएका हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।

प्रधानन्यायाधीश राणाले सरकारमा कोटा मागेको चर्चा चलेपछि आज सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेका थिए ।

प्रधानन्यायाधीशले सरकार निर्माण गर्दा आफूनिकटका गैरसांसदलाई मन्त्री बनाउन माग गरेको चर्चा चलेको थियो । प्रधानन्यायाधीश राणाले आफूले त्यसप्रकारको कुनै कुरा नगरेको प्रस्ट पार्दै यस विषयमा सर्वोच्च अदालतले नै चाँडै विज्ञप्तिमार्फत खण्डन गर्न लागेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?