डिभोर्सपछि सामन्थाले हटाइन् अक्किनेनी थर, भनिछन्- ‘धेरै सोचेर निर्णय गरेका हौँ’

लोकपथ
3.7k
Shares

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री सामन्था लामो समयदेखि आफ्नो वैवाहिक जीवनमा आएका उथल पुथलका कारण चर्चामा थिइन्। भर्खरै उनले पति नागा चैतन्यसँग सम्बन्ध विच्छेद गरेकी छिन् ।

नागा र सामन्था चार वर्ष पहिले विवाह बन्धनमा बाँधिएका थिए र अब दुबैले छुट्टिने निर्णय गरेका छन्। योसँगै सामन्थाले फेरी सामाजिक सञ्जालमा आफ्नो नाम परिवर्तन गरेकी छिन्। सामन्थाले अब आफ्नो नाम सामन्था राखेकी छिन्।

सामन्थाले केही समय अगाडी आफ्नो सामाजिक सञ्जालबाट अक्किनेनी थर हटाएकी थिइन् । उनको उक्त कदमले नै उनीहरुबीचको सम्बन्ध राम्रो नभएको चर्चा चलेको थियो । त्यसपछि उनीहरुको डिभोर्सको हल्ला चलेको थियो ।

नागासँग सम्बन्ध विच्छेदको घोषणा गर्दै सामन्थाले लेखिन्, “हाम्रा प्रिय शुभचिन्तकहरु, धेरै छलफल पछि, चैतन्य र मैले पति र पत्नीको रुपमा हाम्रो बाटो अलग गर्ने निर्णय गरेका छौं। हामी धेरै भाग्यशाली छौं कि हाम्रो मित्रता दस वर्ष भन्दा बढि भएको छ जुन हाम्रो सम्बन्धको आधार थियो।”

No description available.

उनीहरुको जोडीलाई दक्षिण भारत फिल्म उद्योगमा सबैभन्दा धेरै लोकप्रिय जोडको रुपमा चिनिने गरेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार सामन्थाले सम्बन्धविच्छेदपछि ५० करोड रुपैयाँ पाउनेछिन् ।

पछिल्लो समय नागा आफ्नो परिवारको विस्तार गर्नको लागि योजना बनाइरहेका थिए । तर सामन्थाले आफ्नो करियरको यो महत्वपूर्ण समय रहेकाले बच्चाको लागि आफू तयार नरहेको बताएकी थिइन् ।

Naga Chaitanya and Samantha Akkineni announce separation after 4 years of marriage | Celebrities News – India TV

समन्थाले सामाजिक सञ्जालमा आफ्नो नामबाट अक्किनेनी थर हटाएपछि उनको र नागाको सम्बन्धविच्छेदको खबरहरु बाहिर आउन थालेका थिए । हालै, सामन्था नागा चैतन्यको फिल्म रिलिज पार्टीमा अनुपस्थित देखिएकी थिइन् ।

यसपछि पनि उनीहरुबीच सम्बन्ध राम्रो नभएको धेरै समाचारहरु बाहिर आएका थिए । नागार्जुनले हैदराबादमा आफ्नो छोराको लागि पार्टी आयोजना गरेका थिए, जसमा आमिर खान पनि उपस्थित थिए, तर सामन्था उक्त पार्टीमा कतै पनि देखिएकी थिइनन् ।

नागा चैतन्य, सामंथा अक्कीनेनी

सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए।

यो पनि पढ्नुहोस् : सामन्था र नागा चैतन्यको डिभोर्स, सामन्थाले ५० करोड पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?