पहिलो १०० ग्राहकलाई विशेष छुट प्रदान गर्ने घोषणासहित फक्सवागन एसयूभी ‘टाइगुन’ सार्वजनिक

लोकपथ
832
Shares

काठमाडाैं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सो एसयूभी सार्वजनिक गरेका छन् ।

कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने भएको छ । पहिलो वर्ष करिव १ हजार टाइगुन बिक्री–वितरण गर्ने लक्ष्य भएको कम्पनीको भनाइ छ ।

नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचार्ज्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ एचपी पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध यो क्याटागोरीका कम्प्याक्ट एसयूभी मध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन आफ्ना ठूला एसयूभीको लागि विश्वमै लोकप्रिय छ । एसयूभी ‘टाइगुन’ को नेपाली बजारमा आगमन पश्चात अब कम्पनी मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको छ ।

फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सीमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरिएन्ट मध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ७० लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

उत्तर अमेरिकी जंगल ‘टाइगा’ बाट ‘टाइगुन’ नाम राखिएको हो । भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी विशेष रुपमा टाइगुनको डिजाइन गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचलित एमक्यूबी प्लेटफर्मलाई फक्सवागनले एमक्यूबी एओ आईएन प्लेटफर्ममा स्थानीयकरण गरी भारतमा यसको उत्पादन गरेको हो । यसले विश्वभर प्रचलित फक्सवागनका सबै मोडल जस्तै टिकाउपन र गुणस्तरलाई टाइगुनमा समेत प्रयोगमा ल्याएको छ ।

टाइगुन यो सेगमेन्टको गेम चेन्जर एसयूभी हुने र टिकाउपना, वातावरणमैत्री र सुरक्षाको सन्दर्भमा कम्प्याक्ट एसयूभीको संसारलाई नै पुनर्परिभाषित गर्ने कम्पनी जनाएको छ । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने छ भन्ने कुरामा कम्पनी विश्वस्त भएको बताएको छ ।

कम मूल्यमा ४० भन्दा बढी सुरक्षात्मक संयन्त्र सहितको फक्सवागनका फन–टु–ड्राइभ विशेषताको यो कारमार्फत ग्राहकले आनन्द प्राप्त गर्ने कुरामा कम्पनी विश्वस्त छ । फक्सवागनले पहिले देखि नै उपलब्ध गराइरहेका यो भन्दा ठूला कार टिगुआन र ट्वारेगमा प्रयोग गरिएको ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज यसमा पनि प्रयोग गरिएको छ । सिटी, हाइवे वा अफरोड जस्तोसुकै अवस्थामा पनि बेस्ट ड्राइभिङ अनुभव चाहनेहरुका लागि टाइगुन लक्ष्यित छ ।

फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइन सहितको स्टाइलिस बोल्ड एक्सटेरियर सहित अघिल्लो भागमा भएको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ लाइट (डीआरएल्स) सँग पूर्ण रुपमा एकीकृत गरिएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्विलबेस नेपाली सडकका लागि पूर्ण रुपमा फिट छ ।मोडर्न र फ्रेस इन्टेरियर डिजाइनक साथ ड्युअल टोन ड्यासबोर्डले कारको प्रिमियम अपिललाई अझै बढाएको छ ।

फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । यसमा १० इन्च इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलईडी टेललाइट लगायतका विभिन्न अत्याधुनिक फिचर पाउन सकिन्छ ।

असोज १७ मा आयोजित पत्रकार सम्मेलनमा पूजा इन्टरनेसनल नेपाल प्रालिका सीईओ विवेक बिजुक्छेले ‘फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्ने , टायर प्रेसर डिफ्लेक्सन वार्निङ, बक्स सेन्सर सहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्स आदि यसमा भएका केही एक्टिभ सेफ्टी फिचर रहेको बताएका छन् । त्यसैगरी मल्टी–कोलिजन ब्रेक, हाई स्ट्रेन्थ स्टिल स्ट्रक्चर, ६ वटा सम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत अन्य धेरै प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध रहेको कुरा उनले जानकारी दिएका छन्।

‘फक्सवागनमा प्रसिद्ध टीएसआई प्रविधि ब्रान्डकै पायोनियरिङ प्रविधि हो । यस इन्जिनको विशेषता भन्नु नै परम्परागत पुरानो इन्जिन भन्दा कम सीसीबाट नै अत्याधुनिक पावर, एक्सिलरेसन र माइलेज दिने हो । हल्का इन्जिन साइज र थोरै आरपीएम ब्यान्डमा उच्च टर्क प्रदान गर्ने हुँदा टाइगुन चलाउदा ग्राहकले फन टु ड्राइभ अनुभव प्राप्त गर्न सक्नु हुन्छ । युरोपेली र चाइनिज बजारमा धेरै नै फ्यान भएका फक्सवागनको लोकप्रिय एसयूभी टी–क्रसबाट नयाँ एसयूभी टाइगुन उत्पादन गरिएको छ । यसमा टी–क्रसमा भएका सवै विशेष फिचर समावेश गरिएका छन् । यो पावर, पर्फमेन्स, सेफ्टी र कम्फर्टमा कुनै पनि सम्झौता नगरिएको ‘ट्राइड एन्ड टेस्टेड भेइकल’ बनेको छ ।’ सीईओ बिजुक्छेले थप स्पष्ट पारे।

टाइगुन मेला गरिने


दसैंलाई लक्ष्यित गरी कम्पनीले वान दरबार महल, दरवारमार्गमा ‘फक्सफेस्ट सरप्राइज’ अन्तर्गत आगामी तिहार सम्मका लागि टाइगुन मेला लगाउने जानकारी गराएको छ । उक्त अवसरमा टाइगुन टेस्ट ड्राइभ गर्न सकिने र बीएमडब्ल्यु जी३१०जीएस मोटरसाइकल, सुजुकी बर्गम्यान स्कुटर र सामसुङ जेडफ्लिप्स३ स्मार्टफोन जित्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?