काठमाडौं । गोंगबु क्षेत्रमा वसोवास गर्ने पूर्व प्रहरी, सेना र सशस्त्र बलका राष्ट्र सेवकहरुसँग शुभकामना आदान प्रदान सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पूर्व प्र.अ.म.नि. वम वहादुर भण्डारी, प्र.प.अ.म.नि. पंकज श्रेष्ठ, प्र.ब.उ.टिकाराम सिजवाल, प्र.ना.उ. गोविन्द पाठक, प्र.ना.उ.अर्जुन श्रेष्ठ,ज प्र.ना.उ. खड्ग पौडेल लगायत सहभागी सम्पूर्ण राष्ट्र सेवकहरु उपस्थित भएका थिए ।

अन्तरक्रियाका क्रममा प्राप्त सुझाव, सल्लाहा र अमूल्य निर्देशन प्रति हार्दिक आभार सहित अक्षरस पालना गर्ने पूर्व प्र.अ.म.नि. भण्डारीले प्रतिवद्धता ब्यक्त गरिएका छन् ।
२०१२ सालदेखि हालसम्म प्रहरी, सेना र सशस्त्र प्रहरी वलका निवृत राष्ट्रसेवकहरुलाई शान्ति सुव्यवस्था अपराध नियन्त्रन र अन्य सामाजिक क्षेत्र सुधारमा स्थान दिनसके मुलुकको समग्र विकासमा टेवा पुग्ने महसुस गरिएको छ ।

त्यस्तै उनले भने, प्रहरी, सेना र सशस्त्र प्रहरी वल मात्र नभई बेलायत, भारतका सेवा निवृत सेनाहरु र सम्पूर्ण सरकारी सेवावाट निवृत भएका पूर्व कर्मचारीहरुलाई समेत सामाजिक क्षेत्रमा स्थान दिन सके फलदायी हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया