म प्रियंका कार्की बन्छु, राजेश हमाल होइन, ढिलो चाँडो सिनेमा निर्माण गर्छु

काठमाडौं । अहिलेकी चर्चित अनि व्यस्त नायिका हुन प्रियंका कार्की । नायिका कार्कीले अभिनय गरेका दुई चलचित्र अहिले हलमा सफलताका साथ चलिरहेको छ, ‘शत्रुगते’ र ‘लिलिबिली’ । साथै नायिका कार्कीकै अभिनय रहेको अर्को दुई चलचित्र भोली आर्थत वैशाख १४ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ, ‘ह्याप्पी डेज’ र ‘कोहलपुर एक्सप्रेस’ । प्रियंका दुवै सिनेमाको मुख्य अभिनेत्री हुन् ।

त्यसैले अहिले नेपालमा जुन कलाकारले धेरै सिनेमामा अभिनय गर्छन । त्यो अभिनेता होस् वा अभिनेत्री त्यसलाई महानायक राजेश हमालसँग दाज्ने गरिन्छ । यसैले अहिले नायिका प्रियंका  पुग्ने हरेक सिनेमाको कार्यक्रमा उनलाई पत्रकारको प्रश्न सोध्ने गर्दछन्, तपाईले अफर आए जती सिनेमामा अभिनय गरेर लेडी राजेश हमाल बन्न खोज्नु भएको हो ? यस्तै प्रश्न केहिदिन पहिले शुक्रबारदेखि रिलिज हुने ‘कोहलपुर एक्सप्रेस’को पत्रकार सम्मेलनमा उनलाई सोधियो । 

 

पत्रकारले सोधेको  प्रश्नको जवाफ दिँदै प्रियंका कार्कीले भनिन्, २०७२ मा सुटिङ्ग गरिएको सिनेमा र २०७४ मा सुटिङ्ग गरिएको सिनेमा एकैदिन रिलिज हुने भयो त म के गर्न सक्छु  । म कलाकार मात्रै हो दुवै सिनेमा एउटै दिन रिलिज नगरौं भनेर सुझाव मात्रै दिन सक्छु, हस्तक्षेप नै गर्न सक्दैन । किन की म निर्माता होइन । त्यसैले मलाई मतबल नै भएन । मेरो पनि रहर त होइन ।  एकै पटक सिनेमा हलमा चार ओटा सिनेमा रिलिज होस् भन्ने । तर, भएपछि त मैले केहि गर्न सक्दैन नि । मैले त सकेसम्म सबै सिनेमालाई सहयोग गर्ने हो । त्यो मैले समय मिलाएर गरिरहेकी छु । उनले जिस्कीदै भनिन्, “चार ओटा सिनेमा एकै पटक हलमा लाग्ने  भनेर जिस्काउँदै गिनीज बुकमा नाम लेखानु प¥यो भन्छन्’’ यसमा म सकारात्मक छु ।

उनिसँगका सहकर्मी नायिका ऋचा शर्मा, केकी अधिकारी निर्माता भइसकेका छन् । तपाई सिनेमा निर्माण निर्देशनमा नआउने भन्ने प्रश्नमा उनले भनिन्, मेरो अभिनयको भोक मेटिएकै छैन, अभिनयको भोक मेटिए पछि अवश्य पनि सिनेमा निर्माण निर्देशनमा आउँछु । मैले अमेरिकाबाट सिनेमा मेकिङ्ग नै पढेर आएकोले पनि आफु ढिलो चाँडो सिनेमा निर्माण निर्देशनमा आउँछु । 

यसरी एकैपटक हलमा चार–चार वटा सिनेमा रिलिज हुँदा नायिका प्रियंकाकोे करियरमा धक्का त लागिरहेको नै छ । त्यसैले प्रियंका जी एकैपटक धेरै सिनेमा गरेर लेडी राजेश हमाल बन्नेकी थोरै तर राम्रो सिनेममा अभिनय गरेर लामो रेशको घोडा बन्ने त्यो तपाई कै हातमा छ । स्मरण रहोस् यतिबेला उनले ‘नाई नभन्नु ल ५’ र ‘चगांचेट’को छायाँकन गरिरहेकी छिन् भने वैशाख १७ गते देखि ‘छक्का पञ्जा’ सिरिज ’छक्का पञ्जा ३’ को सुटिङ्ग सुरु गर्नेछिन ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?