कपाल मुन्डन गसिप प्रति निशाको आक्रोस

काठमाडौं । नेपाली समाजमा अहिले पनि छोरी मान्छेले कपाल मुन्डन गरेको मन पराउँदैन् । तर, पनि चर्चित नायिका निशा अधिकार जब–जब अमेरिका पुग्छिन् तब आफ्नो कपाल मुन्डन गरिहाल्छिन् । 
निशाले निमार्ण गरेको सिनेमा ‘झ्यानाकुटी’ रिलीज पश्चात सन्तान जन्माउन अमेरिका पुगेकी निशाले फेरी आफ्नो कपाल मुन्डन गरेकी छिन् । 

निशा आफ्नो सन्तानको भविष्य र आफ्नो हेल्थको लागी अमेरिका गएको सामाजीक सञ्जाल फेसबुमा लेखेकी थिइन । उनले दोस्रो पटक कपाल मुन्डन गरेपछि केहि सञ्चारमाध्यकले उनको बारेमा गसिप बानाए । मिडियामा आफ्नो बारेमा गसिप बने पछि उनले समाजीक सञ्जालमा लामो स्टाटस लेखेकी छन् । 

निशाले लेखेकी छिन, ‘मेरो कपाल होस, नहोस, लामो होस, छोटो होस, रंग्याइएको होस, नहोस् केहि फरक पर्दैन, मलाई मुन्डन हुन मन लाग्यो भएँ।’

एकपटक होइन, दुईपटक भयो । मेरो  बुवाआमाले अझै मलाई उस्तै माया गर्नुहुन्छ । मेरो श्रीमानलाई म अझै राम्री देखिन्छन् । मेरो आउने बच्चाले मलाई हर्नेछ र आमाको भर्सनलाई मन पराउनेछ । 

उनले भन्छिन्, ‘कपाल मुन्डन गर्नु आफ्नो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । मेरो कपाल र शरिरमा मेरो स्वामित्व छ, मैले अरुलाई हानी नपु¥याउँदासम्म जे पनि गर्न सक्छु ।’  अवश्य पनि तपाईहरु आफ्नो दृष्टिकोण दिन सक्नुहुनेछ र तपाईले माया गरे नगरे पनि म आभारी छु । तर, छलफल गर्नुपर्ने यो भन्दा ठूला र अर्थपूर्ण अरु विषयहरु छन् ।

अन्त्यमा  उनले लेख्दै भनिन् , ‘तपाई त्यतिबेला सबैभन्दा सुन्दर देखिनुहुन्छ जब सुन्दरताको आफ्नै परिभाषाको स्वामित्व लिन र त्यसलाई कार्यन्वयन गर्न सफल बननुसक्नु हुन्र्छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?