हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
98
Shares

१. गोदावरीमा तीन दिनदेखि जारी एमाले विधान महाधिवेशन सकियो, एमालेमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने, पार्टीको लोगो फेरियो

२. पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने एमाले अध्यक्ष ओलीको दाबी, आगामी वैशाखसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारलाई दिए चुनौती

३. अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह सर्वसम्मत चयन, क्रान्तिकारीको नेतृत्व पहिलो पटक महिलाको हातमा

४. परराष्ट्रमन्त्री नारायण खड्काको शपथविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, कात्तिक ८ गते दुवै पक्षलाई झिकाउन आदेश

५. कांग्रेस सभापति देउवाको जिल्ला डँडेल्धुरामा दुई पक्षबीच लफडा, आमसभामा देउवा पक्षका कार्यकर्ताले हस्तक्षेप गर्न खोजेपछि भयो झडप

६. दशैँ लगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने, बालबालिकाका लागि १ करोड डोज खोप आउने सुनिश्चितता भइसकेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको भनाइ

७. बितेको २४ घण्टामा गरिएको १० हजार ९ सय २० परीक्षणमा ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ४ सय ५ जना संक्रमणमुक्त, ७ जनाको मृत्यु

८.बक्यौता नतिरेपछि विद्युत् प्राधिकरणले पोलमा राखिएको इन्टरनेटको तार काट्यो, प्राधिकरणले तार काट्दा २० करोड क्षति भएको व्यवसायीको दाबी, विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध

९.अनअराइभल भिसाको व्यवस्थाले विदेशी पर्यटकको संख्या बढ्यो, सन् २०२१ को ९ महिनामा ७६ हजार ९ सय १३ विदेशी पर्यटक नेपाल भित्रिए

१०. इन्धनको भाउ आकाशिएसँगै विश्वका ठूला अर्थतन्त्र भएका देश तनावमा, थप मूल्य बढेमा विश्वव्यापी आर्थिक संकट निम्तिन सक्ने विज्ञको चेतावनी

११. रोकिएन सेयर बजारको पहिरो, आइतबार नेप्से ५५ दशमलव ९३ अंकले घट्दा ४ अर्बमा खुम्चियो कारोबार

१२. अफगानिस्तानमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक पत्रकारसहित तीन जनाको मृत्यु, घटनाबारे थप अनुसन्धान भइरहेको अफगानी सरकारको भनाइ

१३. अफगानिस्तानमा सत्ता कब्जापछि पहिलोपटक तालिबानको शक्ति प्रदर्शन, प्रदर्शनको क्रममा अमेरिकाविरोधी नारा र गीत संगीत घन्काइयो

१४. स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज रियल मड्रिड र इस्पेनियल भिड्दै, घरेलु मैदानमा बलियो टिम मड्रिडसँग जित निकाल्ने दाउमा इस्पेनियल

१५. र एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवनको लगातार चौथो जित, ललितपुर ५ विकेटले पराजित

https://www.facebook.com/lokpath/videos/4680340712018632

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?