उमाको आक्रोस सविर स्वार्थी निर्देशक

‘कहिँ कतै’ले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै रिलिज मिति घोषणा गरेको छ । अब यो सिनेमा ‘कहिँ कतै’ आगामि साउन २५ गतेबाट अल नेपाल रिलिज हुनेछ् । सविर श्रेष्ठले निर्देशन गरेको सिनेमालाई अभिनेत्री उमा बेबी गिरीले निर्माण गरेकी हुन् । 

कहिँ कतै चलचित्रको गीत रिलिज कार्यक्रमा बोल्दै निमार्ता तथा अभिनेत्री निमा उमा बेबीले निर्देशक प्रति आक्रोश पोखिन् । 

उनले निर्देशकले सिनेमाको सुटिङ्ग सकिए पछि एक पटक पनि आफ्नो सम्पर्कमा नआएको र आफुले सिनेको सिक्कीम प्रर्दशनदेखि हरेक पटक मिटिङ्गको लागी सम्पर्क गर्दा पनि निर्देशकले चासो नदिएको बताइन । उमाले भनिन्, आजको कार्यक्रमको लागी पनि मैले पाँच दिन पहिले देखि खबर गरेको भएपनि उनको अनुपस्थितीले कार्यक्रम नै खल्लो जस्तो लागेको भन्दै आजसम्म धेरै सहने कोशिस गरे तर सकिन त्यसैले बोल्नै पर्ने भयो ।

उमाका अनुसार सिक्कीममा सिनेमाको छायाँकन चल्दै गर्दा पनि निर्देशकले टिमलाई खबरै नगरी सुटिङ्ग छोडेर हिँडेको बताइन । उहाँ स्वार्थी निर्देशक हुनुहुँदो रहेछ । आफ्नो काम सकेर पारिश्रकिम लिएर पछि एक पटक पनि चलचित्र ‘कहिँ कतै’को काममा आउनु भएन । एउटा राम्रो सिनेमा निर्माण गर्नमा जती हात निर्माताको हुन्छ त्यो भन्दा बढी हात निर्देशकको हुन्छ । तर, निर्देशक नै यसरी आफ्नो सिर्जना प्रति गैर जिम्मेवार बन्दा कसरी राम्रो काम हुन्छ । उनले भने,  निर्देशकको साथ विनै पनि आफ्नो टिमले एउटा राम्रो पारिवारिक सिनेमा निर्माण गर्न सफल भएको बताइन् । 

चलचित्र ‘कहिँ कतै’लाई भारतको सिक्कीम दार्र्जििलङ्ग लगायतको ठाँउमा रिलिज गरिसकेको र नेपाल भन्दा पहिले अमेरिकाको विभिन्न चार ठूला सहरमा सिनेमा रिलिज गर्न लागेको निमार्ता ले बताइन् ।  
राजधानीमा सिनेमालाई करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनीले वितरण गर्ने कार्यक्रममा जानकारी दिइयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?