काठमाडौं महानगरमा ३ सय मत गणना : नीलकाजीले पाए २४१ मत, प्रगतीमानको ७७

लोकपथ
4.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरको नगर अधिवेशनको मत गणना जारी छ ।

नगर कार्यसमिति चयनका लागि आइतबार दिउँसो सम्पन्न निर्वाचनको ६ बजेसम्म ३ सय मत गणना गरिएको छ । सो परिणाममा मत गन्दा सभापतिका उम्मेदवार निलकाजी शाक्यले २१४ मत पाएका छन् । भने उनका प्रतिष्पर्धी प्रगतीमान रञ्जितले ७७ मत प्राप्त गरेको निर्वाचन आयोग समितिले जनाएको छ ।

काठमाडौं महानगरको शनिबार मत अधिवेशनको उद्घाटन भएको थियो ।

निर्वाचनमा १ हजार ३ सय ३९ मत खसेको थियो । हाल भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा मत गणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?