१८ चैत्र २०७९, शनिवार

बन्दै गरेको घर धितो राखेर भूकम्प पीडितलाई ३ लाख निर्ब्याजी ऋण दिइने

२०७४,आश्विन,२३,सोमवार १६:३४

0
Shares

काठमाडौँ, २३ असोज- सरकारले भूकम्प पीडितको पक्षमा महत्वपूर्ण निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितको घर निर्माणका लागि धितो जमानीबाट निर्ब्याजी  ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बन्दै गरेको घर धितो राखेर ३ लाख निर्ब्याजी ऋण  उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।सरकारले भूकम्प पीडितहरुलाई सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि बनाएको थियो । तर, बैंकहरुले विना धितो ऋण दिन अस्वीकार गरेपछि सरकारले कार्यविधि संशोधन गरेर धितो जमानी राख्ने व्यवस्था गरेको हो ।यस्तै भूकम्पपछि पुनः निर्माण गरेर दोस्रो किस्ताका लागि योग्य लाभग्राहीले गाउँपालिका÷नगरपालिकाको सिफारिशमा अग्रिम रुपमा तेस्रो किस्ता पनि पाउने भएका छन् ।स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान पाउने व्यवस्था भएको राष्टिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रिम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको प्रवक्ता यमलाल भुसालले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १६:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८