काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउनका लागि सरकारलाई चुनौति दिएका छन् ।
आइतबार (आज) एमालेको विधान महाधिवेशनको समापन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले कुनै पनि हालतमा पानी ल्याउन नसक्ने दाबी समेत गरे । वर्तमान सरकार काम नगरी कुरा मात्रै गरेको भन्दै मेलम्चीको पानी ल्याउन नसक्ने बताए ।
‘वैशाखसम्ममा काठमाडौंमा पानी झारेर देखावस् ।’ ओलीले भने, ‘वैशाखमा यीनीहरुले पानी झार्न कुनै हालतमा सक्दैनन् । पानी आउँन काम गर्न पर्दैन् ?’
त्यसैगरी आगामी वैशाखमा समेत आफूले सरकारले मेलम्चीको पानी ल्याउन नसक्ने र पुनः सरकारको आलोचनामा लाग्नुपर्ने टिप्पणी गरे ।
‘मैले फेरी भाषण गर्नेछु वैशाखमा । यीनीहरुले पानी झार्न सक्दैनन् । भनेर ।’ ओलीले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्ना विरोधीहरु आफू जिवित रहेकोमा चिन्तित रहेको बताए ।
आगामी महाविधेशनलाई लक्षित गर्दै शुक्रबारबाट जारी एमालेको विधान महाधिवेशन आजबाट सकिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया