परराष्ट्रमन्त्री खड्काको शपथविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

लोकपथ
168
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काको शपथविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । त्यस्तै सर्वोच्चले कात्तिक ८ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको छ ।

खड्काले परराष्ट्रमन्त्रीका रूपमा लिएको सपथको संवैधानिक आधार नरहेको र सपथ बदर गर्न माग गर्दै अधिवक्ता विशाल न्यौपानेले असोज ११ गते रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?