‘म बाँचेकोमा मेरा विरोधीहरु चिन्तित छन्’

लोकपथ
224
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरु आफू बाँचेकोमा चिन्तित रहेका छन् ।

आइतबार (आज) एमालेको विधान महाधिवशेनको समापन समारोहमा सम्बोधन गर्दैै त्यस्तो टिप्पणी गरेका हुन् ।

‘हाम्रा विरोधीहरु म बाँचिरहेको कुराले चिन्तित छन्’, ओलीले भने ।

आफूलाई विभिन्न रोग लाग्दा विरोधीहरु खुसी हुने गरेको टिप्पणी गरे ।

त्यसैगरी आफू नेतृत्वको सरकार हटेपछि भूमिहीनको सपना पनि टुटेको आरोप लगाएका छन् । वर्तमान सरकारले भूमिहीनहरुको सपनामा कुठाराघात गरेको समेत आरोप लगाए ।

‘हामी सरकारबाट हट्यौँ भूमिहीनका सपना टुट्यो’, ओलीले भने ।

गत शुक्रबारबाट एमालेको पहिलो विधान महाधिवेशन आजबाट सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?