कोरोना : घट्दै सक्रिय संक्रमित, कस्तो छ पछिल्लो २४ घण्टाको अवस्था ? (विवरणसहित)

लोकपथ
161
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ७९ जनामा कोरोना भाइसरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

देशभर १० हजार ९ सय २० जनामा कोरोना परीक्षण गर्दा ५ सय ७४ जनामा पीसीआर र १०५ जनाको एन्टीजेन पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८९ हजार २ सय ६६ जना पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितमा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ८ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हालसम्म नेपालमा हालसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?