डडेल्धुरामा कांग्रेसको आमसभामा झडप

लोकपथ
5.9k
Shares

डडेल्धुरा । डडेल्धुरामा कांग्रेसको आमसभामा झडप भएको छ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो।

केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी आमसभामा उक्त झडप भएको हो। आमसभा स्थलमा कार्यक्रम भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको बताइएको छ।

झडपपछि पनि कार्यक्रम जारी रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?