पाकिस्तानमा सिख समुदायलक्षित हत्याको क्रम बढ्दै

लोकपथ
70
Shares

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा (केपीके) प्रान्तमा अल्पसंख्यक सिख समुदायलक्षित हत्याको क्रम चरम सीमामा पुगेको छ।

बिहीबार फेरि एक युवा युनानी चिकित्सक सतनाम सिंहको हत्या भएको छ। मिडिया रिपोर्टका अनुसार विगत सात वर्षमा केपीकेमा उग्रवादीहरुले तेह्र सिखहरुको हत्या गरेका छन्। हत्या हुने एक मुख्यमन्त्री परवेज खान खट्टकका पूर्वसल्लाहकार डा. स्वर्ण सिंह पनि हुन्। त्रासका कारण थुप्रै सिख परिवार बसाइँसराइ गर्ने बाध्य भएका छन्।

स्वर्गीय हाकिम सतनाम सिंह आफ्नो क्लिनिकमा थिए जब बिहीबार केही अज्ञात व्यक्तिहरुले उनको गोली हानी हत्या गरे। यस घटनाले केपीकेको सिख समुदायलाई थप त्रासमा पारेको छ । विश्वभरि सिख नेतृत्वबाट यस हत्याको व्यापक निन्दा भएको छ।

पाकिस्तानका एक मात्र सिख सांसद गुरदीप सिंहले शुक्रबार सिनेटमा सिख समुदायलक्षित हत्याको मुद्दा उठाएका थिए। सभामुख मुहम्मद सादिक संज्रानीले पुलिस महानिरीक्षकलाई सतनाम सिंहको हत्याको बारेमा रिपोर्ट पेस गर्न निर्देशन दिए।

गुरदीप सिंहले भने, ‘मलाई थाहा छैन सतनाम सिंहको हत्याको पछाडि को थियो तर यो पक्का छ । कि बदमाश तत्वहरु अल्पसंख्यक समुदायहरुलाई सिध्याउन चाहन्छन् ।’ उनले सतनामको हत्या पनि एक लक्षित हत्या भएको ठोकुवा गरे।

पाकिस्तानी सिख अधिकारकर्मी रादेश सिंह टोनीले दाबी गरे कि एक सन्देश सोशल मिडियामा प्रसारित भइरहेको छ जसमा इस्लामिक स्टेट(खोरासान (आईएसआईएस(के) ले सतनाम सिंहको हत्याको जिम्मेवारी लिएको छ।

भारतमा सिख नेतृत्वले सतनाम सिंहको हत्याको निन्दा गरेको छ र पाकिस्तान सरकारलाई सिखहरुको सुरक्षा सुनिश्चित गर्न र सतनाम सिंहका हत्याराहरूविरुद्ध कडा कारबाही गर्न आग्रह गरेको छ।

पंजाबका पूर्वमुख्यमन्त्री क्याप्टन अमरिन्दर सिंहले भने, ‘पेसवारमा हकीम सतनाम सिंहको क्रूर हत्याको निन्दीय र पाकिस्तानले यश बिषय ठोस कदन चाल्न आवश्यक छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?