काठमाडौं । नेकपा एमालेको लोगो परिमार्जन भएको छ ।
शुक्रबारबाट ललितपुरमा जारी एमालेको पहिलो विधान महाधिवेशनले पार्टीको लोगो परिमार्जन गर्ने निर्णय गरेको हो ।
यसअघि पार्टीको चुनाव चिन्ह सूर्य रहेकोमा सुनौलो रंगको हँसिया हथौडा राखिएको छ ।
शुक्रबारबाट ललितपुरको सनराइज सम्मेलन केन्द्रमा एमालेको विधान महाधिवेशन जारी छ ।
विधान महाधिवेशनले पार्टीको पदाधिकारीको संख्या १५ राख्ने निर्णय गरेको छ ।
एमाले उपमहासचिव विष्णु पौडेलले विधान महाधिवेशनबाट भएका निर्णयबारे जानकारी दिँदै पदाधिकारी संख्याबारे आएका विभिन्न सुझाव समेटेर १५ सदस्यीय बनाउने निर्णय भएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया